close

पोेखरा महानगरले बनायो प्रज्ञा प्रतिष्ठान

पोेखरा महानगरले बनायो प्रज्ञा प्रतिष्ठान

Trulli
ADVERTISEMENT

पोखरा– कलाको उत्थान गर्नका लागि पोखरा महानगरले प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । आइतबार प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको छ । पोखरा ७ का अध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा गठित सिफारिस समितिले साहित्य, कला, संगीत बिधाका विभिन्न ब्यक्तिको नाम सिफारिस गरेको छ ।

 

पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ (सरु) जीवन दाहाल, मिलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन) , प्रतीक थापा र सुरज उपाध्यायको नाम सिफारिस गरेको हो । 

 

सिफारिस भएका नाममध्ये पद्मराज ढकाललाई कुलपति नियुक्त गर्ने सम्भावना छ भने उपकुलपति मेनकाजी गुरुङ बन्ने छन् । ढकाल गायन बिधाका हुन भने गुरुङ संस्कृति कर्मी हुन् ।

 

प्रतिष्ठानका संरक्षक रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य तथा सदस्य चयन गर्नेछन् ।

 

तीमध्ये २ परिषद् सदस्य र ४ सभा सदस्य रहने व्यवस्था छ । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ । प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् । प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।

 

प्रतिष्ठानका लागि महानगरपालिकाले यो वर्ष ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । प्रतिष्ठानले पोखराका संस्कृति र कला संरक्षण तथा अनुसन्धानको क्षेत्रमा काम गर्ने मेयर मानबहादुर जिसीले बताए । 'पोखरा संगीतको सहर हो । साहित्यको सहर हो,'  उनले भने, 'यसको थप अध्ययन गर्न र उत्थानका लागि प्रतिष्ठान बनाईएको हो ।' पोखराले संस्कृति संरक्षणको पहिलो प्रयास गरेको बताए ।