close

दिप्रुङ चुइचुम्माका दुई वडा टुक्र्याउन प्रस्ताव

दिप्रुङ चुइचुम्माका दुई वडा टुक्र्याउन प्रस्ताव

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ वटा वडा विभाजनका लागि प्रस्ताव पेस भएको छ । गाउँपालिकाको बिहीबारको गाउँसभामा वडा नम्बर ४ बतासे र वडा नम्बर ७ टेम्मा विभाजनका लागि प्रस्ताव पेस भएको हो ।

 

बतासेलाई विभाजन गर्न सोही वडाका वडाध्यक्ष लोकेन्द्र राई र टेम्मा विभाजनका लागि कार्यपालिका सदस्य चन्द्रकला राईले गाउँसभामा प्रस्ताव पेस गरे ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५ र ६ मा भएको व्यवस्थाअनुसार बतासेलाई साविकको बतासे वडा नम्बर १, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे वडा नम्बर ५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको छ ।

 

यस्तै, साविकको टेम्मा वडा नम्बर ३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा वडा नम्बर १, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेस भएको छ ।

 

वडाको संख्या वा सिमाना हेरफेर गर्न आवश्यक भए गाउँसभा वा नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको २ तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष पठाउनु पर्ने व्यवस्था छ । प्राप्त प्रस्तावलाई सरकारले ६ महिनाभित्र प्रस्तावबमोजिम वडाको संख्या वा सिमाना हेरफेर गर्ने व्यवस्था छ ।