close

पूर्ण खोप पालिका बन्यो अन्नपूर्ण 

पूर्ण खोप पालिका बन्यो अन्नपूर्ण 

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका पूर्ण खोप घोषित भएको छ । पालिकाका सबै बालबालिकालाई खोपको मात्रा लगाएपछि पूर्ण खोप पालिका घोषणा गरिएको हो । 

 

कोरोना महामारीका बीच पनि कुनैपनि बालबालिका खोपबाट बन्चित नभएको अध्यक्ष यूवराज कुवँरले जानकारी दिए । पालिकामा रहेका १६ देखि २३ महिना भित्रका २ सय ३७ बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने सबै खोप पाएका छन् । 


अध्यक्ष युवराज कुँवरले कोही पनि बालबालिका खोपबाट बन्चित नहुने विश्वास दिलाए । ‘कोरोनाको जोखिममा समेत हामीले सरकारको दायित्व पूरा गर्‍यौं ।

 

आगामी दिनमा कोही पनि खोपबाट बन्चित हुनु पर्दैन,’ उनले भने । उनले नियमित खोपका लागि अभिभावक समेत सचेत हुनुपर्ने बताए । 

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले अन्नपूर्ण प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको दावी गरे ।