close

पालिकाका बजेट र कार्यक्रम पठाउन संघीय मन्त्रालयको पत्र 

पालिकाका बजेट र कार्यक्रम पठाउन संघीय मन्त्रालयको पत्र 

Trulli
ADVERTISEMENT

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगर तथा गाउँसभामा पेश भएको बजेट विवरण पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ । 

 

देशभरका स्थानीय तहहरुलाइ पत्र लेख्दै मन्त्रालयले स्थानीय तहहरुले बजेट सभामा पेश गरेको तथा सभाबाट स्वीकृत भएको विवरण पठाउन भनेको हो । 

 

मन्त्रालयको स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माका अनुसार तहहरुले बजेट सभामा पेश गरेको तथा सभाबाट स्वीकृत भएको विवरण मन्त्रालयको वेवसाइट मार्फत पठाउन भनेको छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा(१) तथा अन्तर सरकारी बित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा(३) अनुसार स्थानीय तहले प्रत्येक बर्षको असार महिनाको १० गते भित्र आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको अनुमान सम्वन्धित सभामा पेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।