close

एमाले किचलोले कर्णाली प्रदेश सभामा अवरोध 

एमाले किचलोले कर्णाली प्रदेश सभामा अवरोध 

Trulli
ADVERTISEMENT

सुर्खेत- गएको असार ११ गते दिउँसो दुइ बजे सुरु भएर स्थगित कर्णाली प्रदेशसभा बैठक आज(आइतवार) पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा अवराेध  गरेको छ । शुक्रबारका जस्तै आज पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर एमालेले बैठक अवरुद्ध गरेको हो ।

 

निलम्बन गरिएका मन्त्री प्रदेशसभामा प्रवेश गरेको भन्दै एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक अवरुद्ध गरको हो । सरकारमा रहेका एमालेका तिनजना मन्त्री सत्तापक्षको सिटमा बसेका थिए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै रोष्टममा उठेर सभामुखले रुलिङ् गरेअनुरुपको व्यवस्थाको आसन व्यवस्था नभएको प्रति आपत्ति जनाए । 

 

प्रदेशसभामा निर्दलिय व्यवस्था कायम गर्न खोजिएको हो ? भन्दै कडेलले प्रश्न गरे । संविधानमा भएको संवैधानिक व्यवस्था विपरित,सर्वोच्च अदालतले फैसला गरेविपरीत, स्वयम सभामुखले सभालाई जानकारी  दिनुभएको व्यवस्था विरुद्ध अगाडि बढ्ने प्रयत्न गरिएको छ ।


 
३ बैशाखमा फ्लोर क्रस गरेर संसदीय दलको निर्णयविरुद्ध जाने चारैजनालाई एमालेले कारवाही गरेको हो । संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ ।

 

‘हामीले चाहेर वा खोजेर अथवा हारगुहार गरेर उहाँहरू सांसद हुनु भएको होइन । उहाँहरूलाई सर्वोच्च अदालतले नै एमाले संसदीय दलको सदस्यको हैसियतमा फर्काइदिएको हो’, नेता कंडेलले भने, ‘सर्वोच्चको आदेश अनुसार नै सभामुखज्यूले पत्र पढेर सुनाउनु भएको हो । उक्त पत्र अनुसार सभाभित्रको बसाइ व्यवस्थापन गर्न आवश्यक छ । सभामुखले गरेको बसाइ व्यवस्थापन अनुसार नै उहाँहरू बस्नुपर्नेमा किन सरकारको रोमा गएर बस्नु भएको हो ? सभामुख महोदय, निर्दलीय व्यवस्थाको चरित्र अंगिकार गर्न खोजिएको भए हाम्रो भन्नु केही छैन ।’ सभाभित्र जहाँ बसेपनि हुने भन्ने व्यवस्था नभएको बताउँदै दलीय आचरण र व्यवहार सबैले प्रस्तुत गर्नुपर्नेमा उनको जोड छ ।

 

सभाभित्रको शासन व्यवस्था भनिदिने कुरा हो की कायम गर्ने कुरा हो । एमालेभित्र कति भाग पर्छ त्यो बोक्न तयार छ ।’ जिम्मेवारीले कानुन मान्नुपर्दैन भने धेरै केही कुरा भन्नु छैन्,’कँडेलले भने’, संविधान विपरीत चल्ने कुराको समर्थन गर्न सकिदैन् ।’ तर, एमालेले आफ्ना कुरा राख्ने र अरुका कुरा नसुन्ने प्रवृत्ति देखाइरहेको छ ।  

 

सभामुख राजबहादुर शाहीले बजेट छलफल जस्तो विषयमा सँधै यसरी अवरुद्ध गर्नु राम्रो पक्ष नभएकाले सभामा बसेर सहयोग गर्न आग्रह गर्दा पनि अटेरी गरेपछि १८ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।