close

भरत तालमा जेटबोट सरर...(भिडियो खबर)

भरत तालमा जेटबोट सरर...(भिडियो खबर)

ADVERTISEMENT

सर्लाही- तपाईंले अन्य देशमा मानव निर्मित तालको बारेमा सुन्नुभएको होला । तर, तपाईंलाई थाहा छ नेपालमा पनि मानव निर्मित ताल छ भनेर ? हेटौँडाको इन्द्र सरोवरको बारेमा पनि पक्कै सुन्नुभएको होला । त्यो पनि मानव निर्मित ताल हो । बिजुली बत्ती बाल्न बनाइएको त्यो ताल भन्दा पनि ठूलो एक सय २१ बिघामा फैलिएको ताल कहाँ छ थाहा छ ? हामीले पोखराको फेवा तालको बीचमा तालबाराही मन्दिर देखेका छौँ । तर, तालको बीचमा ठूलो होटल नि ! कल्पना गर्दा पनि जाउँजाउँ लागेन । हो यि विशेषता भएको ताल सर्लाहीको बागमती नगरपालिकामा निर्माण गरिएको छ ।

 

तालमा अहिले बोटिङ पनि सुरु गरिएको छ । यो तालमा अहिले त मोटरबोट कुद्छ । त्यो पनि नेपालमै बनेको । प्रधानमन्त्रीले २०७२ सालमा पानीजहाज चलाउने, बोट चलाउने सपना देखाए । तर, त्यो सपनालाई सर्लाहीको बागमती नगरपालिकाले साकार पार्दै छ । यो तालमा अहिले बोटिङ गर्न आउने आन्तरिक पर्यटक फेवातालको झैँ मनोरञ्जन लिन सकिने बताउने गरेका छन् । चुरे श्रृंखलाको काखमा मानव निर्मित ताल हेर्र्न पाउनु पर्यटकका लागि आनन्ददायी नै छ । 


भरत तालमा पर्यटकको सेवाको लागि नेपालमै बनेको पहिलो जेटबोट संचालनमा ल्याईएको हो । तालमा पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । बोट क्षमता बढाउनु परेकोले ३५ सिट क्षमताको जेटबोट संचालनमा ल्याइएको छ । जेटबोट संचालन सगँं पर्यटकको थप आकर्षण बढ्ने र यसबाट पर्यटकले ताल भन्दा पनि समुद्रमा घुमेको अनुभव लिनसक्ने दावी गरिएको छ । बोटिङ गर्दा आवश्यक सुरक्षा मापदण्ड अपनाउने गरिएको छ । 


यो ताल बागमती नगरपालिकाको पहिचान बनेको छ । नगरप्रमुखको सबैभन्दा ठूलो लक्ष्य पूरा हुँदै गएको छ । हाल तालको भौतिक निर्माण अन्तर्गत श्रृंगारको काम चलिरहेको छ । ३५ फिट गहिराई रहेको तालको बीचमा होटल निर्माण गरिने नगरपालिकाको भनाइ छ । 


एक सय २१ बिगाहा क्षेत्रफलमा फैलिएको निर्माणाधिन ताल नबन्दै नगरका अनुसार अहिले दैनिक सयौँको संख्यामा ताल घुम्न पर्यटक आउने गरेका छन् । पूर्व पश्चिम राजमार्ग स्थित बागमती पुलबाट ३ किलोमिटर दक्षिणमा रहेको ताल वातावरणीय हिसावले समेत अत्यन्त महत्वपूर्ण रहेको वातावरण विद्को भनाई छ ।

 

तालमा केही समयपछि माछा पालन गर्ने पनि योजना बनाइएको छ । यो तालले सिंगो सर्लाहीको शान बढाउने पक्का छ । निर्माणाधिन अवस्थामा त यसप्रतिको आकर्षण यति बढेको छ भने भोलि निर्माण सकिएपछि के होला ? के तपाईलाई जान मन लागेन त ? सर्लाहीको भरत ताल ?