close

भोटेकोसीको बजेट ५३ करोड बढी

भोटेकोसीको बजेट ५३ करोड बढी

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको छ ।


पालिका अध्यक्ष राजकुमार पौडेलले उद्घाटन गरेको उक्त सभामा आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।


गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्षले र बजेट उपाध्यक्ष दाबुटी शेर्पाले प्रस्तुत गरिन् ।


गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड १३ लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतलाई प्रमुख प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको हो ।