close

नगर विकास काेषसँग भीमेश्वर नगरपालिकाकाे ऋण सम्झौता

नगर विकास काेषसँग भीमेश्वर नगरपालिकाकाे ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडाैं- नगर विकास कोष र दाेलखाकाे भीमेश्वर नगरपालिकाबीच सातदोबाटो सपिङ्ग कम्पलेक्स आयोजनाका लागि  १३ करोड १६ लाख ६८ हजार रुपैयाँको ऋण सम्झौता भएकाे छ ।

 

कोषले व्यवस्थित सहरीकरणमा नगरपालिकाहरुलाई आर्थिक तथा सामाजिक पूर्वाधारका आयोजनामा वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले  भीमेश्वर नगरपालिकासँग ऋण सम्झौता गरेकाे हाे ।

 

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत के‍‍सीबीच १३ करोड १६ लाख ६८ हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएकाे हाे । 


सातदोबाटो सपिङ्ग कम्पलेक्स आयोजना निर्माणको कुल अनुमानित लागत १७ करोड ५५ लाख ५८ हजार रुपैयाँमध्ये ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

 

ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध भीमेश्वर नगरपालिकामा निर्माण हुने सातदोबाटो सपिङ्ग कम्पलेक्सले यस क्षेत्रमा आर्थिक क्रियाकलापलाई विस्तार गर्न सघाउ पुग्ने काेषले अपेक्षा गरेकाे छ ।