close

छथर जोरपाटीका सबै व्यक्तिगत घटना अनलाइनबाटै

छथर जोरपाटीका सबै व्यक्तिगत घटना अनलाइनबाटै

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको छथर जोरपाटी गाउँपालिकाले व्यक्तिगत घटना दर्ता अनलाइनबाट सुरु गरेको छ ।


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सेवा इकाइ छथर जोरपाटीसँगको समन्वयमा १ वैशाखबाट उक्त सेवा सुरु गरिएको हो ।

 

पालिकाका ६ वटै वडाबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइका घटना अनलाइनबाट सुरु भइसकेको इकाइका फिल्ड सहायक रवीन्द्ररनप एलीले जानकारी दिए ।


अनलाइन पद्धतिमा व्यक्तिगत घटना दर्ता भएपछि ढड्डा (कागजी किताब) मा जस्तो श्रेस्ता हराउने तथा च्यातिने समस्याको अन्त्य भएको पालिकाका सूचना अधिकृत नेत्रबहादुर श्रेष्ठले बताए ।

 

अनलाइन पद्धतिमा घटना दर्ता भएपछि दर्ता नम्बरबाट त्यसको विवरण जुनसुकै ठाउँबाट हेर्न सकिने श्रेष्ठको भनाइ छ । भविष्यमा पालिकाको सबै काम अनलाइनबाटै सञ्चालन गर्न ६० प्रतिशत बढी पूर्वाधार तयार भइसकेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।