close

४ वर्षमा २ हजार बढी आपराधिक घटना

सुर्खेतमा बढे न्यायको ढोका ढकढक्याउनेको संख्या 

४ वर्षमा २ हजार बढी आपराधिक घटना

सुर्खेतमा बढे न्यायको ढोका ढकढक्याउनेको संख्या 

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली प्रदेश मुकामसमेत रहेको सुर्खेतमा चार आर्थिक वर्षमा २ हजार ३ सय ३४ वटा अपराधका घटना भएका छन् । 


आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ को हालसम्म गरी विभिन्न प्रकृतिका २ हजार ३ सय ३४ वटा अपराधका घटना घटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यंकमा उल्लेख छ ।


जिल्ला प्रहरी कायाालय सुर्खेतले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा जम्मा ४९६, २०७५/७६ मा ६९६, २०७६/७७ मा ६ सय ६२ र २०७७/७८ को हालसम्म ५२० वटा विभिन्न प्रकृतिका आपराधिक घटना घटेका हुन् ।


यसमा सबैभन्दा धेरै आत्महत्या र सामाजिक अपराधसम्बन्धीका घटना छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ को हालसम्म सामाजिक अपराधसम्बन्धी ५२२, आत्महत्या ४३३, महिला तथा बालबालिका ४१५, ज्यानसम्बन्धी ३५७, चोरी १११, आर्थिक अपराध ३१४, सवारी १३८ र अन्य ४३ गरी २ हजार ३३४ वटा अपराधका घटना घटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रामप्रसाद घर्ती मगरले जानकारी दिए । 


उनले समाजभित्र घट्ने जुनसुकै आर्थिक, सामाजिक अपराधलाई कम गर्न नागरिक सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘पहिले पहिले मान्छे सूचनाको पहँचबाट टाढा थिए । चेतनाको कमी थियो र घटना भए पनि खबर गर्नुहुन्न भन्ने थियो । त्यसै कारण घटना घटे पनि बाहिर आउँथेनन् । अहिले त्यो अवस्था हटेकाले अपराधका घटना तुरुन्तै बाहिरिन्छन् ।’ 


मुलुकी संहिता ऐन, २०७४ पछि नागरिक जागरुक भएकाले न्याय पाउन सम्बन्धित ठाउँ पुग्नुपर्छ भन्ने चेतना बढेकै कारण पहुँच वृद्धि भएको उनको बुझाइ छ ।