close

बागमतीका पाँच उत्कृष्ट किसान पुरस्कृत

बागमतीका पाँच उत्कृष्ट किसान पुरस्कृत

Trulli
ADVERTISEMENT

काठमाडौं- बागमती प्रदेश सरकारले यो वर्ष प्रदेशभित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले यो वर्ष उत्कृष्ट किसानको छनोट गरेर पुरस्कार प्रदान गरेको हो ।

 

पुुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रिकल्चर फार्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाबर नर्सरी काठमाडौंका अन्जना आचार्य, तेस्रोमा लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एन्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा र पाँचौँ स्थान हुनेमा मेलापात अर्गानिक एग्रो फार्म भक्तपुरका कवीन्द्र श्रेष्ठ छन् । 


मन्त्रालयले प्रदेशभित्र किसानका विभिन्न विधाअन्तर्गत दूध उत्पादन, प्रशोधन, विवीधकरण तथा बजारिकरण क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किसानलाई पुरस्कृत गरेको हो ।