close

​​​​​​​कोहलपुर नगरपालिकाको राजस्व सेवा बन्द

​​​​​​​कोहलपुर नगरपालिकाको राजस्व सेवा बन्द

Trulli
ADVERTISEMENT

बाँके- बाँकेको कोहलपुर नगरपालिकामा राजस्व सेवा बन्द गरिने भएको छ । आर्थिक वर्ष सकिन लाग्दा अद्यावधिक गर्नुपर्ने भएकाले राजस्व सेवा बन्द गर्न लागिएको नगरपालिकाले सूचनामार्फत जानकारी दिएको हो ।

 

कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्यालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा आगामी १ देखि १० साउनसम्म राजस्व सेवा बन्द हुने उल्लेख छ ।

 

पत्रमा कोहलपुर नगरपालिकाको आव २०७८/७९ को आर्थिक ऐन, २०२८ अनुसार राजस्व शीर्षकको दररेट अनलाइन प्रणालीमा अद्यावधिक गर्न लागिएको जनाइएको छ । 

 

सूचनाअनुसार तोकिएको अवधिसम्म कोहलपुर नगरपालिका र अन्तर्गतका सम्पूर्ण वडा कार्यालयमा राजस्व सेवा बन्द गरिनेछ ।