close

कृषकसँग पालिकाः कसैलाई बाख्रा, कसैको बन्यो खोर 

कृषकसँग पालिकाः कसैलाई बाख्रा, कसैको बन्यो खोर 

Trulli
ADVERTISEMENT

सल्यान- सल्यानको कपुरकोट गाउँपालिकामा समुहमा आवद्ध भएका १० जना किसानको खोर सुधार गरिएको छ । २५ जना किसानलाई उन्नत बाख्रा विवतरण गरिएको छ । किसानको समेत साझेदारी रहने गरी खोर सुधार, उन्नत बाख्रा र औषधि वितरण गरिएको हो । कपुरकोट ३ मा रहेको जागृत मिश्रित बाख्रापालन समितिमा आवद्ध २५ जना किसानहरुलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शुक्रबार जमुनापारि जातका बोका वितरण गरेका थिए ।

 

यस्तै १० वटा बाख्राको खोर सुधार कार्यक्रम पनि सम्पन्न गरिएको कपुरकोट गाउँपालिकाको पशुपन्छी विकास इकाइले जनाएको छ । परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नहुने र यसले बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने भएकाले खोर सुधार गरिएको पशुपन्छी विकास इकाई प्रमुख अरुणा भण्डारीले जानकारी दिइन् । यस्तै १ लाख रुपैयाँ बराबरको औषधि पनि वितरण गरिएको उनको भनाइ छ ।


किसानको पनि ५० प्रतिशत लागत सहभागिता हुने गरी कपुरकोट गाउँपालिकाले जागृत मिश्रित बाख्रापालन समितिमा २० लाख रुपैयाँ बराबरको नश्ल सुधार, खोर सुधार र औषधि वितरण कार्यक्रम सञ्चालन गरेको हो । जमुनापारि जातको बोका खरिदका लागि १० लाख रुपैयाँ, खोर सुधारमा ८ लाख, औषधि खरिद, ढुवानी तथा प्रशासनिक तर्फ २ लाख रुपैयाँ लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।

 

दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउनका लागि कृषि क्षेत्रमा उचित रकम विनियोजन गरी कृषकहरूको आम्दानी बढाउन आफुहरुले हरेक वर्ष किसानलाई अनुदानसँगै विभिन्न कार्यक्रम र योजनाहरु सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए । 

 

विगतमा वास्तविक किसानभन्दा गैरकिसानले कागजी रूपमा अनुदान रकम निकासा गरेर दुरुपयोग गर्ने गरेको देखिएको भन्दै आफुहरु निर्वाचित भएर आइसकेपछि वास्तविक किसानले लाभ प्राप्त गर्ने खालका कार्यक्रम सञ्चालन गरिएको बताए ।

 

यस्तै प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रमहरु ल्याएको बताए ।