close

बाढीपहिरोले गर्ने क्षति कम गर्न जुटे बैतडीका स्थानीय तह (भिडियो खबर)

बाढीपहिरोले गर्ने क्षति कम गर्न जुटे बैतडीका स्थानीय तह (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- वर्षायाम सुरु भएसँगै तराईका अधिकांश जिल्लामा बाढीको जोखिम हुन्छ भने पहाडमा पहिरोले पिरोल्ने गर्दछ । कमजोर माटो भएको स्थानमा पहिरो जाँदा त्यसले जनधनको ठूलै क्षति गर्ने गर्दछ । त्यति थाहा हुँदा हुँदै पनि पूर्व तयारीको अभावमा प्राकृतिक विपद्को सामना गर्न र जनधनको क्षति हुन्छ भन्ने पूर्वानुमान गर्नुपर्ने बाध्यता छ ।

 

सडक बनाउने नाममा भीर र पाखा कोतर्दै डोजर पुग्ने गरेको छ । विकास भन्दा बढी विनाश निम्त्याउने गरेको छ । तर, कसैको पनि ध्यान भविष्यमा पुग्ने असरप्रति केन्द्रित हुँदैन । हरेक वर्ष यस्तै, विपद्को सामना सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाले पनि गर्नुपरेको छ । ढिलै भएपनि विपद् न्यूनिकरण गर्न स्थानीय सरकारदेखि स्थानीय आफै जुट्न थालेका छन् । 

 

वर्षायाम सुरु भएसँगै विभिन्न ठाउँमा बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । बैतडी जिल्लाका धेरैजसो ठाउँ पहिरोको जोखिममा छन् । डोजरले सडक खनेका कारण समेत पहिरोको जोखिम बढेको देखिन्छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ७ घरपरिवार अहिलेसम्म विस्थापित भएका छन् । बैतडीका धेरै ठाउँमा मेसिनले सडक खनेका कारण पहिरोको जोखिम बढेको देखिन्छ ।

 

गत वर्ष मात्रै पहिरोका कारण दुई जनाको ज्यान गयो । कति भौतिक संरचनाको क्षति भए ।  कतिपय व्यक्तिले आफ्ना घरखेत गुमाए भने कतिपय सरकारी संरचना ध्वस्त भए । अझै पनि बैतडीका सबै स्थानीय तहहरू प्रकोपको जोखिममा छन् । सबैभन्दा बढी महाकाली नदी, चमेलिया, सेती नदी र सुर्नया नदी तटीय क्षेत्रका वासिन्दा समस्यामा पर्ने गरेका छन् । वर्षायामका बेला हरेक वर्ष बैतडीका स्थानीवासीले क्षति भोग्दै आएका छन् । अन्य ठाउँका बासिन्दाले पहिरोको जोखिम भोग्दै आएका छन् । 


महामारीको विपद् कायम रहेको अवस्थामा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको विपद् समेत सुरु हुन थालेको छ । दशरथचन्द नगरपालिकाका केही वस्ती प्राकृतिक प्रकोपको जोखिममा छन् । विपद् पूर्व तयारीका लागि नगरपालिकाले योजना पनि बनाएको छ । सोही योजना अनुसार यस वर्ष कम क्षति हुने अपेक्षा गरिएको् छ । 

 

बैतडीमा पहिरोको बढी जोखिम रहेकै अवस्थामा अहिले गाउँगाउँमा सडक पुर्‍याउने उद्देश्यले खनिएका सडकका कारण समेत प्रकोप निम्तिएको छ । भिरालो जमिन भएका ठाउँमा ठूला मेसिनले सडक खनेकाले पनि प्रकोप निम्तिएको छ । हरेक आयोजना निर्माण गर्दा सम्भावित विपद्लाई ध्यानमा राख्नुपर्ने देखिन्छ ।जिल्लास्थित विपद् व्यवस्थापन समितिले पनि अहिले तयारी सुरु गरेको छ । 


वर्षाको समयमा बाढीपहिरोको उच्च जाखिम हुने गरेको छ । नेपालमा भने यसै कारणले धेरै व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । अहिले त तीन तहका सरकार छन् । समन्वायत्मक भूमिका निर्वाह गरेर स्थानान्तरण गर्नुपर्ने वस्तीलाई उचित वासस्थान दिएर हुन्छ वा सुरक्षित आवास निर्माण गरेर हुन्छ जनधनको क्षति कम गर्न स्थानीय सरकार जुट्नुपर्छ ।