close

मकै पकेट क्षेत्रका कृषकलाई १२ लाख बराबरको कृषि सामग्री 

मकै पकेट क्षेत्रका कृषकलाई १२ लाख बराबरको कृषि सामग्री 

Trulli
ADVERTISEMENT

धनकुटा (छथर जोरपाटी)- धनकुटाको छथर जोरपाटी गाउँपालिकाले मकै पकेट क्षेत्र प्रवद्र्धनका लागि पिङडाँडा कृषक समुह, हात्तिखर्कलाई ५० प्रतिशत अनुदानमा सवा १२ लाख बराबरको कृषि सामाग्री हस्तान्तरण गरेको छ ।

 

पालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठ सहितको कृषि शाखाका प्रतिनिधिहरुले कृषि समूहहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् । पालिकाले वडाहरुलाई कृषि तथा पशुपालन पकेट क्षेत्र सँगै वडा नं. १ हात्तिखर्कलाई मकै पकेट क्षेत्र घोषणा गरेको थियो ।


उक्त पकेट क्षेत्र मध्ये १ हजार ५ सय रोपनी मकै खेतीका लागि लक्षित गरेर समूहलाई कृषि सामाग्रीहरु उपलब्ध गराइएको पालिका कृषि शाखा अधिकृत मिलन कार्कीले जानकारी दिए । कार्कीका अनुसार समुहलाई १ लाख ८० हजार मूल्य बराबरको २ थान मिनी टिलर, १ लाख मूल्य बराबरको २ वटा क्रसर मिक्सचर(मिल) हस्तान्तरण गरिएको छ ।


त्यस्तै ३ लाख ५० हजार बराबरको सिंचाई पाइप, १ लाख बराबरको ८ थान डिजिटल काँटा, ४८ हजार बराबरको १६ थान स्प्रेयर हस्तान्तरण गरिएको छ । फौजी किरा नियन्त्रणका लागि २ लाख बराबरको बिषादी, ६० हजार बराबरको ६० थान कोदालो र यस अघि नै उक्त समुहलाई १ लाख बराबरको मकैको बीउ उपलब्ध गराइएको थियो ।