close

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध 

Trulli
ADVERTISEMENT

खोटाङ- पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । भारी वर्षापछि खसेको पहिरोका कारण कारण हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको विभिन्न स्थानमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो । 

 

केही दिनदेखि परेको वर्षाका कारण बाहुनीडाँडाको कदुवास्थित राँगाकाटे, डोङ्ठे खोला लगायतका स्थानमा शनिबार खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी-जयरामघाट सडक अवरुद्ध बनेको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । 

 

पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रशासनको पास लिएर आवतजावत गरिरहेका विरामी मारमा परेका छन् । पहिरो पन्छाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले जेसिभी पठाएको भए पनि पहिरो पन्छाउन सकिएको छैन । 

 

हलेसीदेखि बयाक्तासम्मको खण्डमा शुक्रबार खसेको पहिरो जेसिभी लगेर पन्छाइए पनि शनिबार राँगाकाटेमा ठूलो पहिरो खसेको छ । अवरुद्ध सडक खुलाउनका लागि अझै समय लाग्ने नगरपालिकाले जनाएको छ । 


राँगाकाटेबाट जयराम पुग्ने सडक अवरुद्ध भएपछि हाल राँगाकाटेबाट वडा कार्यालय बाहुनीडाँडा हुँदै जयराम झर्ने कच्ची वैकल्पिक बाटोको प्रयोग भइरहेको नगरप्रमुख राईले बताए । 

 

मध्यपहाडी लोकमार्ग सडक विभाग मातहतको भए पनि वर्षायाममा सो सडकमा खसेको पहिरो पन्छाउन विभागले बेवास्ता गर्ने गरेको नगरपालिकाले जनाएको छ । राष्ट्रिय राजमार्गमा खसेको पहिरो पन्छाउने काममा विभागको उपस्थिति नहुँदा हरेक वर्षा याममा नगरपालिकाले पहिरो पन्छाउँदै आएको राईले बताए ।