close

मुसीकोट खलंगा खानेपानी आयोजनामा कोषको साढे ४२ लाख बढीको ऋण सम्झौता

मुसीकोट खलंगा खानेपानी आयोजनामा कोषको साढे ४२ लाख बढीको ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोष र तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत मुसीकोट खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच ऋण सम्झौता भएको छ ।


कोष र खानेपानी आयोजनाबीच थप लगानीका लागि ऋण सम्झौता भएको हो । सम्झौताअनुसार कोषले आयोजनाका लागि पूर्वस्वीकृत ऋण ३ करोड ५६ लाख ३६ हजारमा ४२ लाख ५८ हजार रुपैयाँ थप ऋण लगानी गर्नेछ ।


कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मुसीकोट खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्र केसीबीच ४२ लाख ५८ हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।


आयोजनामा भएको भेरियसन र मूल्य समायोजनका कारण बढेको थप लागत १ करोड ७० लाख ७२ हजार रुपैयाँको २५ प्रतिशत रकम कोषका तर्फबाट ऋण, सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत उपभोक्ता संस्थाबाट बेहोरिनेछ ।


तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गतको यो आयोजनामा कार्यान्वयनको क्रममा भएको भेरिएसन र मूल्य समायोजनका कारण लागत बढ्न गएकाले थप ऋण सम्झौता सम्पन्न गरिएको कोषले बताएको छ ।


थप ऋण लगानीले आयोजना समयमा सम्पन्न भई सम्बन्धित क्षेत्रका उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्राप्त हुने तथा ऋण असुलीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा कोषको छ ।