close

चितवनमा बाढीको वितण्डा: २१ हजार कुखुरा मरे

चितवनमा बाढीको वितण्डा: २१ हजार कुखुरा मरे

Trulli
ADVERTISEMENT

चितवन- पूर्वी चितवनको कालिका नगरपालिकामा बाढीका कारण २१ हजार कुखुरा मरेका छन् । नगरपालिकामा रहेको कयर खोलामा आएको बाढीले यहाँका दुई वटा पोल्ट्रीफार्मका २१ हजार कुखुरा मरेका हुन् ।


कालिका पोल्ट्री फार्म र केसी पोल्ट्री फार्मका दुई वटा सेट बाढीले बगाएपछि करिब २ करोड रुपैयाँ बढीको क्षति भएको केसी पोल्ट्री फार्म सञ्चालक शिवराम केसीले बताए ।


उनका अनुसार ड्याम लगाएको ठाउँबाटै खोला फार्ममा पसेपछि कालिका पोल्ट्री फार्मको १५ हजार र केसी पोल्ट्री फार्मको ६ हजार कुखुरा नष्ट भएको हो । 


बाढीले दुई कुखुरा फार्ममा बगाएपछि करिब २ करोड रुपैयाँको क्षति भएको केसी पोल्ट्री फार्मका सञ्चालक शिवराम केसीले बताए ।


मरेका कुखुरालाई शनिबार खाल्डो खनेर व्यवस्थापन गरिएको छ ।