close

महानगरले तोक्यो कोरोनाविरुद्धको खोप लगाउने स्थल

महानगरले तोक्यो कोरोनाविरुद्धको खोप लगाउने स्थल

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन १२ स्थान तोकेको छ । गत २५ जेठदेखि कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई महानगरले मंगलबारदेखि २४ असारसम्म दोस्रो मात्रा लगाउन १२ स्थान तय गरेको हो ।  


महानगरका अनुसार तोकिएका खोप केन्द्रमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शंकरपुर अस्पताल रहेका छन् ।


यस्तै, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्च सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको महानगरले बताएको छ ।  महानगरका सहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउनुपर्नेछ । त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लैजानुपर्नेछ ।


पहिलो मात्र लगाउने बेला महानगरले ३२ वटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो । भीड कम गर्न प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाइएको थियो ।  यसअघि स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै २६ जेठमा ६३ वर्षका लागि, २७ जेठ मा ६२ वर्षका लागि, २८ जेठमा ६१ वर्षका लागि र २९ जेठमा ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन आग्रह गरेको थियो ।