close

परम्परागत वास्तुकलाको संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई, यसरी बनाउनुस् घर 

परम्परागत वास्तुकलाको संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई, यसरी बनाउनुस् घर 

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले घर तथा भवन निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई दिँदै यसका लागि मापदण्डसमेत तय गरिदिएको छ । 


संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय वास्तुकला झल्कने गरी निजीदेखि सार्वजनिकसम्मका भवन निर्माणलाई प्रोत्साहन गर्ने जिम्मा स्थानीय तहलाई दिएको हो । 


मन्त्रालयले भवन निर्माणको राष्ट्रिय मापदण्ड अनुसार परम्परागत वास्तुकलाको संरक्षण गर्दै भवन बनाउन नमूना डिजाइनसमेत सबै स्थानीय तहलाई उपलब्ध गराएको छ । 

 

यस्तो छ पालिकालाई पठाइएको भवन निर्माणको नमुना डिजाइन 

 

घरको स्वरुप: तल्ला संख्या दुई र धन्सार (बुइगल) सहितको सिमेन्टको जोडाईमा हुने ।

आड बिना गारोको लम्बाई १४ फीट ९ इन्च भन्दा बढी हुन नहुने ।

एउटा कोठाको क्षेत्रफल १४५ वर्ग फीट भन्दा बढी हुन नहुने ।

गारोको उचाई १० फीट भन्दा बढी हुन नहुने । 

 

वर्गाकार वा आयातकार स्वरुपको घरको योजना बनाउनु पर्ने । घरको चौडाइको अनुपातको ३ गुणा भन्दा बढी भएको लामो र साघुँरो आवास निर्माण गर्नुपर्ने ।


जग निर्माण


जग खन्दा जमिनलाई राम्रोसँग सम्याउने । 
जगको खाडल एकनास रुपको हुनुपर्ने । 
समतल क्षेत्रमा भएको आवासको जग एउटै सतहमा निर्माण गर्नु पर्नेछ । 
एक तले आवासको लागि जगको गहिराई कम्तीमा २ फीट १० इन्च हुनुपर्ने र दुई तले आवासको लागि ३ फीट हुनु पर्ने । मध्यम प्रकारको माटोको लागि जगको चौडाई कम्तिमा पनि २ फीट हुनु पर्ने । 
जग बन्धनमाथि २ फिट चौडाइको १ फिट उचाई हुनेगरी ढुंगा वा इँटाको गारो उठाउने । 
२ फिट गरो उठाएपछि खुडकिला काटी १ फिट ६ इन्च अर्थात १८ इन्चको गारो टाइविमको मुनिसम्म उठाउने ।

 

गारो निर्माण


गारोहरु घन्टी मिलाएर सिधा ठाडो रहेको हुनुपर्नेछ । 

ठाडो जोर्नीहरु एउटै सीधा ठाडो रेखामा नपर्ने गरी जोर्नी छलेर लगाउनु पर्नेछ । 
बालुवाको अनुपात १/४ हुनु पर्छ
ढुङ्गाको गारो लगाउँदा गारोको मोटाइ बराबरको कैंची मार्ने ढुङ्गाहरु २ फिट देखि ४ फिट सम्मको फरकमा लगाउनु पर्दछ । 

ढुङ्गाको गारोमा बन्ने एक तल्ले र दुई तल्ले आवासको लागि गारोको न्यूनतम चौडाइ १४ इन्च हुनु पर्छ । 
ईंटाको गारोमा एक तले गारोको न्यूनतम चौडाइ ९ इन्च र दुई तले आवासको लागि गारोको न्यूनतम चौडाइ १४ इन्च हुनु पर्छ ।

गारोको भित्री कुनाको छेउबाट कम्तिमा २ फीट छाडेर मात्रै झ्याल ढोका राख्नुपर्छ । 

गारोहरुमा हुने खुला भागको कुल लम्बाई गारोको आधा लम्बाई भन्दा बढी हुन हुंदैन ।
गारोहरुमा हुने खुला भाग बीचको दुरी २ फीट भन्दा कम हुन हुंदैन । 
झ्याल र ढोका माथि तेर्सो पेटीको सतह एउटै राख्नुपर्छ ।

 

छाना कस्तो ? 

छानामा स्थानीय तहमा उपलब्ध हुने ढुङ्गाको स्लेट, माटोको झिंगटी, टायल, खपडा, खर आदि प्रयोग गर्न सकिन्छ । 
काठको ट्रसका भागहरु व जोर्नीहरु नक्सामा देखाए बमोजिम जोड्नु पर्छ ।

नक्सामा देखाए बमोजिम ट्रसहरु काठको चौकुने बन्धनको माध्यमले जोड्नु पर्छ ।
आँख्ला नभएको सुकाएको कडा काठहरु छानाको रुपमा प्रयोग गर्नुपर्छ । अलकत्रा वा कुनै संरक्षणात्मक विधिवाट काठको उपचार गरी यसलाई कुहिनबाट र किराहरुबाट जोगाउन सकिन्छ ।

गारो लगाउनको लागि सिमेन्ट बालुवाको मसला १ भाग सिमेन्ट र ४ बालुवाको अनुपातमा मसला बनाउने । 
प्लाष्टर गर्नको लागि १ भाग सिमेन्ट र ६ भाग बालुवाको अनुपातमा मसला बनाउनुपर्ने ।
सिमेन्ट कंक्रिटको मसला १ भाग सिमेन्ट १.५ भाग बालुवा, ३ भाग रोडा हुनु पर्छ । 

डण्डीको लागि टोर स्टील डिफोम्र्ड बार वा टीएमटी बा प्रयोग गर्न सकिने