close

मेरिङ्देनले पठायो बैंक खातामा सामाजिक सुरक्षाभत्ताबापतको १ करोड

मेरिङ्देनले पठायो बैंक खातामा सामाजिक सुरक्षाभत्ताबापतको १ करोड

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको दोस्रो चौमासिक किस्ताको बाँकी रकम तथा तेस्रो र चौमासिकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा प्रविष्ट हुने गरी निकासा गरेको छ ।


प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार सामाजिक सुरक्षा भत्ताबापतको दोस्रो चौमासिक किस्ताको बाँकी रकम तथा तेस्रो अनि चौमासिक किस्ता र विधवा र अतिअशक्त अपांगता भएकाले पाउने पहिलो चौमासिक किस्ताको बाँकी रकम भुक्तानी गरिएको हो । 

 

मेरिङ्देनस्थित नेपाल क्रेडिट एन्ड कमर्स बैंकको सान्थाक्रा शाखामा रकम निकासा गरी सम्बन्धित व्यक्तिको बैंक खातामार्फत उपलब्ध हुने गरी पठाइएको लेखाप्रमुख मनकुमार खत्रीले बताए । 


यो सबै गरी पालिकाले ९२ लाख ४० हजार २ सय ५२ रुपैयाँ लाभग्राहीका खातामा जम्मा हुने गरी पठाइएको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिए ।

 

उनका अनुसार पालिकामा ६ वडामध्ये वडा नम्बर १ थिङ्लाबुमा १ सय ४३, वडा नम्बर २ सान्थाक्रामा २ सय ६, वडा नम्बर ४ लिङ्तेपमा १ सय ८, वडा नम्बर ५ थुकिमामा १ सय ६५ र वडा नम्बर ६ नाल्बुमा १ सय २४ जना लाभग्राही छन् ।