close

प्रदेश मुकाम वीरेन्द्रनगरमा पटके लोडसेडिङ अन्त्य गर्न व्यवसायीको चेतावनी

प्रदेश मुकाम वीरेन्द्रनगरमा पटके लोडसेडिङ अन्त्य गर्न व्यवसायीको चेतावनी

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर सुर्खेतमा हुँदै आएको पटके लोडसेडिङ अन्त्य गर्न व्यवसायीले २ दिने अल्टिमेटम दिएका छन् । 


२ दिनभित्र पटके लोडसेडिङ अन्त्य माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।


पटके लोडसेडिङले सबै व्यवसाय तथा उद्योग कलकारखाना मारमा परेकाले ध्यानाकर्षण पत्रमार्फत २ दिने समय दिएर अन्त्य गर्न सुझाइएको संघ अध्यक्ष धनबहादुर रावतले बताए ।


२ दिनभित्र लोडसेडिङ अन्त्यका लागि काम नभए आन्दोलनमा उत्रने व्यवसायीले चेतावनी दिएका छन् । 


संघका महासचिव लक्ष्मण कँडेलले विद्युत् प्राधिकरणका डिएमडी हरराज न्यौपानेसँग सुर्खेतमा विद्युत् अनियमितता हटाउन आग्रह गरे ।


न्यौपानेले सुर्खेतको विद्युत् प्रसारणमा भएका समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।