close

विपद्मा तत्कालै राहत दिन गण्डकीका प्रत्येक पालिकालाई ५ लाख निकासा

विपद्मा तत्कालै राहत दिन गण्डकीका प्रत्येक पालिकालाई ५ लाख निकासा

Trulli
ADVERTISEMENT

कास्की– गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सबै पालिकालाई बजेट निकासा दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ वटै पालिकामा ५ लाख रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो । 

 

यो निर्णयले ४ करोड २५ लाख रुपैयाँ निकासा जानेछ । स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाको रोकथाम, उद्दार र राहत तथा पुनस्र्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्ने रकम दिइएको प्रवक्ता कुमार खड्काले जानकारी दिए । यो रकम चालू आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिनेछ ।

 

अहिले बाढीपहिराको प्रकोप निकै बढेकाले प्रदेशले सीधै सहयोग गर्नेभन्दा पनि पालिकाबाट उद्दार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग होस् भनेर उक्त रकम दिने निर्णय गरिएको उनले सुनाए ।

 

गण्डकीमा मनसुनको सुरुमै बाढीपहिरोले सताएको छ । मनाङका सुन्दर बस्ती मस्र्याङ्दीमा मिसिएका छन् । नासों गाउँपालिकाको भवन बगाएको छ । 

 

गोरखाको धार्चे गाउँपालिकाले बिजुली र इन्टरनेट नभएपछि धादिङबाट अस्थायी कार्यालय चलाइरहेको छ । अघिल्लो वर्ष पनि गण्डकीमा सबैभन्दा धेरै क्षति भएको थियो ।