close

नगर विकास कोषको चन्द्रौटा खानेपानी आयोजनासँग थप ऋण सम्झौता

नगर विकास कोषको चन्द्रौटा खानेपानी आयोजनासँग थप ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोष र कपिलवस्तुको चन्द्रौटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच आयोजनामा थप लगानीका लागि २६ लाख ७० हजार रुपैयाँको ऋण सम्झौता भएको छ ।


तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गतको चन्द्रौटा खानेपानी आयोजनाका लागि कोषबाट पूर्वस्वीकृत ऋण  ३ करोड १४ लाख रुपैयाँमा थप ऋणका लागि सम्झौता भएको हो ।
 

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र चन्द्रौटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मो. तौफिक खाँबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । 
 

आयोजनामा भएको भेरियसन र मूल्य समायोजनका कारण बढेको थप लागत  १ करोड ६ लाख रुपैयाँको २५ प्रतिशत रकम कोषका तर्फबाट ऋण, सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत उपभोक्ता संस्थाबाट बेहोरिनेछ ।
 

आयोजना समयमै सम्पन्न गरी सञ्चालन र व्यवस्थापन गर्ने प्रतिबद्धता थप ऋण सम्झौता भएको हो ।
 

आयोजनामा गरिएको थप लगानीले समयमै सम्पन्न भई सम्बन्धित क्षेत्रका उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्राप्त हुने तथा ऋण असुलीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा कोषको छ 

 

उपभोक्ता संस्थाका अध्यक्ष खाँले आयोजनालाई सफल बनाउन कोषको ऋणका साथै हालसम्म प्राप्त र आगामी दिनमा प्राप्त हुने प्राविधिक सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गने ।
 

कार्यकारी निर्देशक सापकोटाले आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि कोषबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिबद्धता जनाए ।