close

धरानको नगरसभाले पारित गर्‍यो २ विधेयक

धरानको नगरसभाले पारित गर्‍यो २ विधेयक

Trulli
ADVERTISEMENT

धरान- सुनसरीको धरान उपमहानगरको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ ।  शुक्रबार आयोजित नवौँ नगरसभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको उपमहानगरका सूचना अधिकृतसमेत रहेका राजस्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए ।

 

उनका अनुसार शनिबार पनि बैठक बस्ने कार्यतालिका छ । १५ असारसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न चाहनेलाई नाम टिपाउन समय दिइएको थियो । नाम टिपाएका वडाध्यक्ष तथा सदस्यले शुक्रबारको बैठकमा कुरा राखेका थिए ।


बैठकमा विधेयक प्रस्तुतकर्ता उपप्रमुख मञ्जु भण्डारीले सदस्यले उठाएका विषयमा जानकारी गराएकी थिइन् । यस्तै, नगरप्रमुख तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि सर्वसम्मत नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको हो ।


१० असारमा उद्घाटन भएको नगरसभा १९ असारमा बस्ने गरी स्थगित भएको थियो । बजेटमा सहमति जुट्न नसकेपछि २५ असारसम्मका लागि बैठक सारिएको थियो । नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल बजेट २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पेस भएको थियो ।