close

कर्मचारी निधनकाे शाेकमा ऋषिङ्ग गाउँपालिकाकाे सबै सेवा एकदिनका लागि बन्द

कर्मचारी निधनकाे शाेकमा ऋषिङ्ग गाउँपालिकाकाे सबै सेवा एकदिनका लागि बन्द

Trulli
ADVERTISEMENT

तनहुँ- जिल्लाको ऋषिङ्ग गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ । 

 

गाउँपालिले पालिका मातहतका सम्पूर्ण कार्यालयहरू एक दिनका लागि बन्द गर्ने निर्णय भएको जनाएको छ । 

 

ऋषिङ्ग गाउँपालिका वडा नं. ८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते सेवा बन्द गर्ने निर्णय गरेको हो । 

 

थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । थापाको शव पहिरोमा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।