close

तीनपाटनका स्थानीयको उज्यालोमा बस्ने धोको पूरा (भिडियो खबर)

तीनपाटनका स्थानीयको उज्यालोमा बस्ने धोको पूरा (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको तीनपाटन गाउँपालिकाको छरछरे, खोरखोला, लामिडाडा, जाँते लगाएतका स्थानमा स्थानीयले वर्षौदेखि बाल्दै आएको टुकी निभाएका छन् ।  टुकी बत्ती निभाउदा भने गाउँवासीमा खुसियाली छाएको छ ।

 

यतिबेला वर्षौ देखिको बिजुली बत्ती बाल्ने चाहना पूरा भएको छ । राष्ट्रिय प्रशारणको बिजुली बत्ती पुगेपछि वर्षौ देखिको अँध्यारोलाई त हटाएको छ भने स्थानीय स्तरमा नै रोजगारीको बाटो सिर्जना गरेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका-१ बेलघारीलाई यतिबेला राष्ट्रिय प्रशारण लाईनले जोडेको छ  ।  

 

रातको समयमा अन्यन्त्र बिजुली बत्ती बलेको देखेपनि अँध्यारोमा बस्दै आएका खोरखोला, लामिडाडा, क्वान्द्रे, जाँते लगायतका स्थान रातको समयमा पनि झलमल्ल भएका छन् । गाउँपालिका, विद्युत प्राधिकरण र एडिबीको संयुक्त प्रयासले यतिबेला उज्यालोमा बस्ने नागरिकको चाहाना पूरा भएको हो । मट्टितेल लिन सदरमुकाम जानु पर्ने बाध्यता हटेको छ भने नागरिक सूचना र संचारको पहुँचमा जोडिएका छन् ।

 

गाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेपछि रातको अँध्यारोलाई त उज्यालो बनाई दिएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीय पनि विद्युतलाई उत्पादनमुलक कार्यमा प्रयोग गर्न थालेका छन् । बेलघारीमा विद्यु विस्तार गरेपछि यति बेला वडा नै झलमल्ल भएको छ । सबै वडाबासीलाई विद्युतको पहुँचमा पुर्‍याएपछि वडावासी समेत खुसी भएका छन् । वडाको प्रयासले बर्षौ देखिको अँध्यारोलाई हटाई उज्यालो बनाएको छ ।

 

भौगोलिक विकटताका कारण ग्रामीण क्षेत्रमा विद्युतको विस्तारपछि स्थानीय स्तरमा नै विद्युतलाई उत्पादनमूलक कार्यमा खपत गरि आय आर्जनमा जोडन सक्नु पर्दछ । स्थानीय सरकार आएपछि वडावासीले नजिकको सरकार कामबाटै अनुभूति गर्न पाएका छन् । विद्युत विस्तारपछि विद्युतको सही सदुपयोग गर्दै वडा र पालिकालाई कृषि उपजमा समेत आत्मनिर्भर बनाउन पहल गर्न आवश्यक छ ।