close

गण्डकीमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट

गण्डकीमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट

Trulli
ADVERTISEMENT

काठमाडौं- गण्डकीका दुई पालिकामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट भेटिएको छ । स्याङजाको कालिगण्डकी गाउँपालिका र गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नयाँ भेरिएन्ट भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 


कालिगण्डकी गाउँपालिकाका दुई पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा नयाँ भेरिएन्ट देखिएको हो । यसअघिका संक्रमण भन्दा यो बढी जटिल भएकोले सचेत रहने सरकारले आग्रह गरेको छ । 

 

केही समयअघि कोभिड पुष्टि भएपछि नमूनाका लागि उनीहरुको स्वाव काठमाडौं ल्याइएको  थियो । अहिले नयाँ भेरिएन्टसहित नतिजा आएको स्वास्थ्य निर्देशनालयका अधिकृत नवराज शर्माले जानकारी दिए ।