close

सिल्ट्रेसन ड्याममा लापरवाही गरेकाे भन्दै पोखरा महानगर कानुनी उपचारकाे खाेजीमा

सिल्ट्रेसन ड्याममा लापरवाही गरेकाे भन्दै पोखरा महानगर कानुनी उपचारकाे खाेजीमा

Trulli
ADVERTISEMENT

पोखरा- दुई वर्षअघि पोखरा महानगरले प्रदेश सरकारसँग मिलेर फेवा सिरानमा ४ वटा सिल्ट्रेसन ड्याम बनायो । तीमध्ये अधिकांश ड्याम अहिले भत्किने अवस्थामा पुगेका छन् ।

 

हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा गत २३ असारको भारी वर्षाका कारण बग्यो । त्यसपछि सुरु भयो, महानगरमाथि नागरिकको प्रहार । सार्वजनिक भएका टिप्पणीप्रति पोखरा महानगरले ध्यानाकर्षण भएको जनाएको छ । 


फेवाताल संरक्षणको उद्देश्य राखेर ड्याम बनाएपनि भत्किएपछि आएका टिप्पणीको महानगरले समाधान गर्ने जनाएको छ । प्रबक्ता धनबहादुर नेपालीले परामर्शदातासँग स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् ।


 
‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ,’ नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त ड्यामको डिजाइन के, कुन आधारमा गरिएको हो ? र डिजाइनमा भएको त्रुटीको कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई यस कार्यालयको तर्फबाट स्पष्टीकरण सोधिएको छ ।’ 


ड्यामका डिजाइनर र ठेकेदारलाई प्रश्न साधेपनि कुनै जवाफ नपाएको भन्दै महानगरले ताकेता गरेको जनाएको छ । ‘आयोजनाको त्रुटी सच्याउने अवधि तथा बिमा लगायतका विषयमा महानगरपालिका थप स्पष्ट हुने प्रयास गरेको छ,’ नेपालीले भनेका छन्, ‘सम्बन्धित पक्षहरुले कानुनी दायित्वबाट कुनै उन्मुक्ति पाउने छैनन् । महानगरले कानुनी रुपमा आफ्नो हित रक्षाको लागि चाल्नु पर्ने सम्पूर्ण कदमहरु चाल्नेछ र उक्त प्रकरणलाई सार्वजनिक खरिद सम्बन्धी विद्यमान नेपाल कानुन बमोजिम निष्कर्षमा पुर्‍याउने छ ।’