close

उपप्रमुखले नै लगाइन् नगरपालिका कार्यालयमा ताला

उपप्रमुखले नै लगाइन् नगरपालिका कार्यालयमा ताला

Trulli
ADVERTISEMENT

कैलाली- योजना नै नवनाइ बजेट पारित गरेको भन्दै कैलालीको भजनी नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाइदिएका छन् । 

 

उपप्रमुख छाया देवकोटासहित केही वडाध्यक्षको अगुवाईमा नगरपालिकामा ताला लगाइएको हो । योजना बिना जर्वजस्ती बजेट पारित गर्ने काममा प्रमुखले अगुवाई गरेको भन्दै आफूहरुले ताला लगाइदिउको उपप्रमुख देवकोटाको भनाइ छ । 


नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेपछि  उप-प्रमुख देवकोटा र ३ वटा वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरु विरोधमा उत्रिएका छन् । 

 

उपप्रमुख देवकोटाको अगुवाईमा वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन् । उनीहरुले आइतबारको कार्यपालिका बैठक पनि बहिस्कार गरेका छन्  । 


१० बजे नगरसभा आयोजना गरिएको भए पनि तालाबन्दी गरेर नगरसभामो माइन्युट कब्जामा लिएका कारण नगरमा तनाव उत्पन्न भएको छ ।