close

इन्जिनियर र ठेकेदारकाे मिलेमतोमा आर्थिक अनियमितता

अख्तियारले थाल्याे अनुसन्धान

इन्जिनियर र ठेकेदारकाे मिलेमतोमा आर्थिक अनियमितता

अख्तियारले थाल्याे अनुसन्धान

Trulli
ADVERTISEMENT

कास्की- गोरखाको बारपाक सुलिकोटका कर्मचारीले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । वडा नम्बर ७ झाँक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणमा अनियमितता गरेको आरोप उनीहरूमाथि लागेको हो ।


स्टिमेटअनुसार काम नगरी इन्जिनियर र ठेकेदारको मिलेमतोमा रकम हिनामिना गरेकाले बिगोसहित कारबाही माग गरिएको छ । 


तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गंगाबहादुर घले र इन्जिनियर सुजन अंगाईले ३ लाख ६८ हजार रुपैयाँ ठेकेदार कम्पनीसँग मिलेर हिनामिना गरेकाले कारबाही मागसहित अख्तियारमा उजुरी परेको थियो ।


उक्त उजुरीमाथि छानबिन गरी थप कारबाहीका लागि अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 


अमर कन्स्ट्रक्सनका अमरबहादुर गुरुङलाई पनि उति नै बिगोसहित कारबाही मागिएको छ । भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीका लागि अख्तियारले फाइल विशेष अदालत पठाएको हो । ती कर्मचारीमध्ये गुरुङ सरुवा भइसकेका छन् भने अरू २ जना सोही कार्यालयमा कार्यरत छन् । 


नियतवश नभई कागजी गल्तीका कारण समस्या परेको पालिका अध्यक्ष विष्णु भट्टले बताए । ‘साढे ३ लाख रुपैयाँमा कसले आँखा गाड्छ रु यो नियोजित होइन । कागजी मिस्टेक हो’, उनले भने, ‘अख्तियारले नै छानबिन गरेको कुरामा मैले के बोल्नू ?’ छानबिनमा आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।