close

पाँचौँ पटक प्रधानमन्त्री बने शेरबहादुर देउवा

पाँचौँ पटक प्रधानमन्त्री बने शेरबहादुर देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।


संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतलनिवासले जानकारी दिएको हो । 

 

‘राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकिएको छ । सपथको तयारी हुँदै छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले भने । 


देउवा पाचौँ पटक प्रधानमन्त्री बनेका हुन् । उनको सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन । 


प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको उनले बताए ।

 

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।


देउवा पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलो पटक २०५२, त्यसपछि २०५८ र २०६१ मा प्रधानमन्त्री भएका थिए ।


देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।