close

भरतपुर महानगरकाे ४ वर्ष : ५१० किलोमिटर सडक कालोपत्रे, नेपालकै ठूलो नगर चक्रपथ

भरतपुर महानगरकाे ४ वर्ष : ५१० किलोमिटर सडक कालोपत्रे, नेपालकै ठूलो नगर चक्रपथ

Trulli
ADVERTISEMENT

काठमाडौं- चितवनको भरतपुर महानगरका जनप्रतिनिधिले कार्यभार सम्हालेको ४ वर्षको कार्यकालमा विकास निर्माणदेखि सामाजिक सुरक्षा क्षेत्रमा थुप्रै काम गरेका छन् । यस अवधिमा महानगरभित्र लामा छोटा गरी करिब ५१० किलोमिटर सडक कालोपत्रे भएको छ भने करिब ४५० किलोमिटर सडक ग्राभेल गरिएको छ । 


९ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् भने ६ वटा वडा कार्यालयको तला थप गरिएको छ । ५ वटा वडा कार्यालय निर्माण कार्य अन्तिम चरणमा रहेको र बाँकी सबै वडा कार्यालयको मर्मत र स्तरोन्नति गरी सेवा प्रवाहलाई सहज र सुविधायुक्त बनाइएको छ । महानगरको सहयोग र समन्वयमा वडा नम्बर १५ मा धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन


राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढिरहेको र सोका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकार र प्रदेश सरकारसँग समन्वय गरिँदै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न र सम्मेलन पर्यटन विकासमा समेत टेवा पु¥याउन आफ्नै सिटी हल बनाउने महानगरको लक्ष्यअनुरूप महानगरको समन्वयमा सहरी विकास मन्त्रालयबाट वडा नम्बर १० मा निर्माण सुरु भइरहेको छ । 


त्यस्तै, महानगरीय रिंगरोड, लिंकरोड, बाइपास रोडको स्तरोन्नति, पूर्व-पश्चिम राजमार्गअन्तर्गत पुलचोक-गोन्द्राङ ६ लेन सडक निर्माणका साथै सहरी पूर्वाधार निर्माणका कार्य अघि बढिरहेका छन् । हुलाकी राजमार्ग विस्तार र स्तरोन्नति, चौबीसकोठी-चनौली-मेघौली सडक सहायक राजमार्गमा स्तरोन्नति भएको छ ।


महानगरबासीले प्रतीक्षा गरे अनुसार भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रूपमा स्तरोन्नतिको कामले गति लिन लागेको छ । महानगरका अन्य केही ठूला आयोजना तीव्र गतिमा अघि बढिरहेका छन् । भरतपुर महानगरीय चक्रपथको रेखांकन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ ।


नेपालकै पहिलो सबैभन्दा लामो यस चक्रपथको कुल लम्बाइ ८८.६१५ किलोमिटर रहेको र विस्तृत परियोजना प्रतिवेदनबमोजिम निर्माण कार्य जारी रहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । लामो समयदेखि प्रयास हुँदै आएको सामुदायिक विद्यालयको विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी मिलान र सबै विद्यालयमा तहअनुसार प्रधानाध्यापक व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।


युवा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रमले विद्यालयको शिक्षण सिकाइमा महत्त्वपूर्ण योगदान दिएको पाइएको छ । नयाँ विद्यालय भवन निर्माण, स्कुल कलर कोडअनुसार रङ र जस्तापाताको छाना भएका भवनमा जिप्सनको फल्स सिलिङ हाली बालमैत्री विद्यालय निर्माणजस्ता कार्यक्रमबाट विद्यालयको भौतिक पूर्वाधार विकासतर्फ उल्लेख्य काम भएको छ ।


भरतपुर महानगरपालिका वडा नम्बर ३ मा आफ्नै स्वामित्वको जग्गामा सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिमको देशकै पहिलो नमुना परियोजनाको रूपमा २ बेसमेन्ट पार्किङसहित १४ तले बहु-उद्देश्यीय, व्यापारिक भवन भरतपुर मेट्रो प्लाजा निजी क्षेत्रको लगानीमा डिजाइन, निर्माण, सञ्चालन, व्यवस्थापन र हस्तान्तरण गर्ने गरी ३० वर्ष अवधिका लागि निजी क्षेत्रसँग परियोजना विकास सम्झौता गरिँदै छ ।


९ कात्तिक २०७६ मा मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघ-संस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको छ । ४ वर्षको अवधिमा महानगरभित्रका अतिक्रमित ६६ बिघा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरिएको छ ।


विगत लामो समयदेखि प्रयास हुँदै आएको सामुदायिक विद्यालयको विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी मिलान, सबै विद्यालयमा तह अनुसार प्रधानाध्यापक व्यवस्थापनको काम सम्पन्न भएको छ । युवा, शिक्षक परिचालन कार्यक्रमले विद्यालयको शिक्षण सिकाइमा महत्त्वपूर्ण योगदान दिएको छ ।


नयाँ विद्यालय भवन निर्माण, स्कुल, कलेज कोडअनुसार जस्ताको छाना भएका भवनमा जिप्सनको सिलिङ हाली बालमैत्री विद्यालय निर्माणजस्ता कार्यक्रम गरिएकाले विद्यालयको भौतिक पूर्वाधार विकासतर्फ उल्लेख्य कार्य भएको छ ।


भरतपुर वडा नम्बर २८ साझापुरमा आपतकालीन आवासको स्थापना गरिएको छ । जंगली सिमानासँग जोडिएका बस्तीमा जंगली जनावरका कारण जनधनको क्षति न्यूनीकरण गर्न फाउन्डेसनसहितको मेस जाली घेराबार निर्माण गरिएको छ ।


यसबाट धेरै हदसम्म क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा महानगरको छ । भरतपुर केन्द्रीय बसपार्कको स्तरोन्नति र भरतपुर अस्पतालमा बिरामी कुरुवा घर निर्माण भई सञ्चालनमा आएको छ । महानगरभित्र रानीपोखरी पार्क, देवीस्थान पार्क, राइनो पार्क, नवजागृति फन पार्क, विद्युतीय शवदाह गृह, लक्ष्मीनारायण मन्दिर निर्माणाधीन अवस्थामा छन् ।


महानगरका मुख्य ९० किमि सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गरिने भएको छ ।  नारायणी नदीको सौन्दर्यीकरणसहितको सी विच मोडलको निर्माण प्रक्रिया अघि बढिरहेको छ । नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी वितरण प्रणाली व्यवस्थित गर्न शारदा नगर खानेपानी आयोजना, जखडिमाई खानेपानी आयोजना, दिव्यनगर खानेपानी आयोजना, पार्वतिपुर खानेपानी आयोजना, मेघौलीलगायतका आयोजना गरी २ अर्ब ४१ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको चरणमा छन् ।