close

टोखाका विद्यार्थीलाई निःशुल्क इन्टरनेट 

टोखाका विद्यार्थीलाई निःशुल्क इन्टरनेट 

Trulli
ADVERTISEMENT

काठमाडौं- टोखा नगरपालिकाले पालिकाभित्रका विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा दिन थालेको छ । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन भन्दै पालिकाले यस्तो निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम बताउँछन् । 


गौतमले जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय टोखा, झोर-महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा-९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा-१० मा निःशुल्क इन्टरनेट सेवा जडान गरिसकिएको भन्दै यसलाई थप विस्तार गर्ने योजना रहेको बताएका छन् । 

 

प्राविधिक विद्यालय स्थापनाको तयारमिा रहेको नगरपालिकाले नगरका सवै सामूदायिक विद्यालयलाइ उचच तहसम्म अध्ययन गर्न हवको रुपमा अघि वढाउने आगामी वर्षको नीति ताथ काइृक्रममा उल्लेख गरेको छ । 

 

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि ‘मेयर दिवा खाजा कार्यक्रम’ चलाइरहेको नगरले हरेक वडामा विद्यालय स्थापना गर्ने नीति लिउको छ भने छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्दै आएको छ ।