close

वडा सचिवको कोठाबाटै हरायो सामाजिक सुरक्षा भत्ताको ३९ लाख 

वडा सचिवको कोठाबाटै हरायो सामाजिक सुरक्षा भत्ताको ३९ लाख 

Trulli
ADVERTISEMENT

बझाङ-  बझाङको बुङ्गल नगरपालिका–९ र ११ को सामाजिक सुरक्षा भत्ता वापतको रकम वडा सचिवको डेरावाटै गायब भएको छ । 

 

वडासचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ चोरी भएको बताइएको छ ।

 

नगरपालिकाका सूचना अधिकारी रमेश बहादुर कार्कीका अनुसार रकम चोरी भएको भनिएपनि विस्तृत विवरण आएको छैन । 

 

‘घटनावारे सुनिएको हो वडासचिव सम्पर्कमा नआएकाले विस्तृत भन्न सकिएन’ उनले पालिकाखबरसँग भने । 

 

नगर कार्यपालिका बैठक जारी रहेका कारण नगरका प्रमुख र उपप्रमुखलगायतका पदाधिकारीसँग भने सम्पर्क हुन सकेको छैन । 


वडा सचिव सोही वडाका सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएका छन् । सुरक्षा भत्ताको २९ लाख रुपैयाँ उनकै घरबाट चोरी भएको हो । 

 

वडा सचिव महतोसहित घर मालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालयले घटनावारे अनुसन्धान गरिरहेको बताएको छ । 

 

उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेका र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । २१ लाख ९१ हजार रुपैयाँ  वितरण गरेर बाँकी रहेको ३९ लाख चोरी भएको भनिएको हो । 


यसअघि नुवाकोटको पञ्चकन्या गाउँपालिकावाट पनि सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ गायब भएको थियो। सो घटनावारे अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले अनुसन्धान गरिरहेका छन् ।