close

महिला जनप्रतिनिधिको क्षमता बढाउँदै पुतलीबजार 

महिला जनप्रतिनिधिको क्षमता बढाउँदै पुतलीबजार 

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको पुतलीबजार नगरपालिकाका महिला जनप्रतिधिको एक दिने क्षमता विकास कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ ।


पालिकाका महिला जनप्रतिनिधिलाई सक्रिय तथा सचेत बनाउने उद्देश्यले क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

 

कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले महिला जनप्रतिनिधिलाई जागरुक तथा सक्रिय बनाउन क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताइन् । 


नगरप्रमुुख क्षेत्रीले महिला जनप्रतिनिधिलाई कार्यक्रममा जाने–बुझेका कुरा व्यवहारमा लागू गर्न सुझाइन् ।  ‘समाज परिवर्तन महिलाले नै गर्ने हुन् । त्यसका लागि सबै महिलालाई व्यावहारिक ज्ञान, सीप दिइनुपर्छ’, उनले भनिन् । 


उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा र महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनाललगायतले समाज परिवर्तनका संवाहक महिला भएको बताउँदै तिनको हकाधिकार बढाउन जोड दिए । क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा पालिकाका २४ महिला जनप्रतिनिधिको सहभागिता थियो ।


क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा कानुन साक्षरतासम्बन्धी पालिकाका राजस्व शाखाका प्रमुख कपिल गिरी र लैँगिक हिंसा र अपराधसम्बन्धी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले कक्षा सञ्चालन गरेका थिए ।


त्यसैगरी सूचना प्रविधिसम्बन्धी पालिकाका सूचना प्रविधि अधिकृत मुक्त गुरुङ र उद्घोषण र सार्वजनिक वक्तव्यसम्बन्धी रेडियो स्याङ्जाका स्टेसन म्यानेजर रमेश गोदारले कक्षा लिएका थिए ।