close

कटारीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३२० जनाले पाए रोजगार

कटारीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३२० जनाले पाए रोजगार

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कटारी नगरपालिकाले ३२० जना बेरोजगारी युवालाई रोजगारी दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३२० जनालाई रोजगारी दिइएको हो । संघीय सरकारकोे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बेरोजगार युवालाई रोजगारी दिइएको हो ।

 

आर्थिक वर्ष २०७७/७८ मा गाउँघरमै रोजगारी पाउनेमा १४२ महिला र १७८ पुरुष रहेको नगरका रोजगार संयोजक विनोद धमलाले बताए । बेरोजगारलाई कम्तीमा ९० दिन बराबरको रोजगार दिइने धमलाको भनाइ छ । नगरका विभिन्न २१ योजनामा उनीहरूले रोजगारी पाएका हुन् ।


नगरको युवातर्फ ३५ लाख ६७ हजार ८ सय १७ र कामका लागि पारिश्रमिकतर्पm १ करोड २ लाख ४५ हजार ९ सय ६ गरी १ करोड ३८ लाख १३ हजार ७ सय २३ रुपैयाँको लागतमा सरसफाइ तथा मर्मतका योजना सञ्चालन गरिएको थियो ।