close

सेवानिवृत्त शिक्षकको भुक्तानी नभएको निवृत्तिभरण कोलेनिकाबाट हुने

सेवानिवृत्त शिक्षकको भुक्तानी नभएको निवृत्तिभरण कोलेनिकाबाट हुने

Trulli
ADVERTISEMENT

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ बाट सेवानिवृत्त शिक्षकको भुक्तानी नलिएको निवृत्तिभरण अब सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुने भएको छ । 


संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताब खाना (शिक्षक) ले सेवानिवृत्त शिक्षकलाई निवृत्तिभरण अधिकारपत्रलगायत निजले पाउने अन्य सेवा-सुविधा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । 


राष्ट्रिय किताब खाना (शिक्षक) का कायम मुकायम उपमहानिर्देशक रामराज खकुरेलद्वारा जारी सूचनाअनुसार १ साउन २०७८ बाट सेवानिवृत्त शिक्षकको निवृत्तिभरण भुक्तानी राष्ट्रिय किताब खाना (शिक्षक) बाट नहुने उल्लेख गरिएको छ ।


२४ असारमा भएको सचिवस्तरीय बैठकको निर्णयअनुसार सेवानिवृत्त शिक्षकको निवृत्तिभरणसम्बन्धी ७ वटा कार्य अब जिल्लास्थित कोलेनिकाबाट हुने गरी अधिकारी प्रत्योजन गरिएको समेत खकुरेलद्वारा जारी सूचनामा उल्लेख छ ।


सोहीअनुसार अब पाना सिद्धिए नयाँ अधिकारपत्र बनाउने, हराए वा नासिए प्रतिलिपि जारी गर्ने, पारिवारिक निवृत्तिभरण अधिकारपत्र जारी गर्ने (नामसारी मात्र), नामथर संशोधन गर्ने, निवृत्तिभरण रकम संशोधन गर्ने, भुक्तानी नलिएको निवृत्तिभरण रकम भुक्तानी गर्ने र औषधोपचार सहयोगस्वरूप १० प्रतिशत रकम वृद्धिसम्बन्धी (७५-८५ वर्ष उमेर) कार्य अब कोलेनिकाले गर्नेछन् ।