close

हरिनगरका ६३ स्वंयसेविका सम्मानित 

हरिनगरका ६३ स्वंयसेविका सम्मानित 

Trulli
ADVERTISEMENT

सुनसरी(हरिनगर)- सुनसरीको हरिनगर गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरेको छ । पालिकाको स्वास्थ्य इकाइले गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरेको हो । स्वास्थ्य इकाइले हरिनगर गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ का महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरेको छ ।

 

कोभिड महामारीका बेला महिला स्वास्थ्य स्वंयसेविकाले पालिका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको स्वास्थ्य इकाइ हरिनगरका प्रमुख प्रकाश थापा मगरले बताए । उनका अनुसार वडा नम्बर ३ का ११, ४ नम्बर वडाका १९, वडा नम्बर ५ का १४, ६ र ७ का १९ गरी ६३ जना महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको हो ।

 

हरिनगर वडा नम्बर १ र २ का २६ जना महिला स्वास्थ्य स्वंयसेविकालाई पनि सम्मान गरिने भएको छ । बिहीबार मौसमका कारण गर्न नसकिएकाले अर्के दिन उनीहरूलाई सम्मान गरिने स्वास्थ्य शाखाले जनाएको छ । हरिनगरका ६३ महिला स्वास्थ्य स्वंयसेविकालाई जनही पोसाक सेट र एक-एक वटा छाता प्रदान गरिएको छ ।


हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले महिला स्वास्थ्य स्वंयसेविकाको मनोबल उच्च बनाउन र कामको मूल्यांकनस्वरूप पोसाक र छाता वितरण गरिएको बताए । कोरोना महामारीमा प्रत्येक वडा-वडामा उनीहरूले खेलेको भूमिका र स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउन सर्वसाधारणको घरदैलोमा पुगेर सेवा गरेकाले सम्मान गरिएको उनको भनाइ छ । हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिमकुमारी भगतले वर्षमा एक पटक महिला स्वास्थ्य स्वंयसेविकाको सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।


उपाध्यक्ष भगतले महिला स्वास्थ्य स्वंयसेविकाले वडा–वडाका प्रत्येक घरमा सूचना प्रवाह गर्दै आएको, सर्वसाधारणलाई स्वास्थ्य केन्द्रमा पठाउने गरेको र सेवाग्राहीको घर–घरमा गएर सेवा–सुविधा प्रदान गर्दै आएकाले सम्मानस्वरूप पोसाक र छाता वितरण गरिएको जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले स्वास्थ्य क्षेत्रमा पालिकालाई काम गर्न सहज वातावरण सिर्जना गरेको हुँदा स्वंयसेविकालाई सम्मान गरिएको बताए ।