close

रुकुमपूर्वका स्थानीय तहको राजस्वः भूमे ९८, सिस्ने ७८ र पुथाउत्तरगंगाको ३५ प्रतिशत संकलन

रुकुमपूर्वका स्थानीय तहको राजस्वः भूमे ९८, सिस्ने ७८ र पुथाउत्तरगंगाको ३५ प्रतिशत संकलन

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)- भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै ९९ प्रतिशत आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ९८ दशमलभ ६८ प्रतिशत आन्तरिक राजस्व संकलन गरेको हो  । 

 

गाउँपालिकाकाले ५१ लाख १८ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा ५० लाख ५० हजार ५ सय ६२ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । 

 

गाउँपालिकाको ९ वटै वडाबाट गरी २७ लाख ६५ हजार ५ सय ९८ रुपैयाँ संकलन भएको छ भने टेलिसेन्टरबाट ५ सय ३५, पशु सेवा केन्द्रबाट ६२ हजार ५ सय २५ रुपैयाँ र गाउँपालिका कार्यालयबाट २२ लाख ५८ हजार १ सय ४३ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । 

 

यसैगरी सिस्ने गाउँपालिकामा ७८ दशमलभ ४१ प्रतिशत आन्तरिक राजस्व संकलन भएको गाउँपालिकाका लेखापाल ठकेन्द्र खत्रीले जानकारी दिए । गाउँपालिकाले लक्ष्य राखेको एक करोड तीन लाख मध्ये ८० लाख ७६ हजार ५ सय रुपैयाँ आन्तरिक राजस्व संकलन भएको खत्रीले बताए । 

 

कुनै वडाको एक÷दुई महिनाको आन्तरिक राजस्व संकलन भएको रकम आउन बाँकी रहेकोले उक्त रकम गाउँपालिकामा प्राप्त भयो भने ९० लाख रुपैयाँको आसपासमा पुग्न सकिने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढा मगरले जानकारी दिए । चालु आर्थिक वर्षमा एक करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरिने लक्ष्य राखिएको उपाध्यक्ष बुढाले बताए । 

 

यस्तै पुथाउत्तरगंगा गाउँपालिकाले लक्ष्य राखेको मध्ये ३५ प्रतिशत मात्र राजस्व संकलन भएको गाउँपालिकाका लेखापाल नबराज खड्काले जानकारी दिए । २ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ७० लाख रुपैयाँ मात्र राजस्व संकलन भएको लेखापाल खड्काले बताए । 

 

पुथाउत्तरगंगामा १४, भूमेमा ९ र सिस्नेमा ८ वटा वडा रहेको छ । सिस्नेमा जिल्ला अस्थायी सदरमुकाम समेत छ । गाउँपालिकाले मालपोत कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, व्यवसाय कर, विभिन्न सिफारिस तथा दस्तुर, नक्सा पास, शुल्क लगायतबाट राजश्व संकलन गर्ने गरेका छन् ।