close

संघ र पालिकामा काम गर्ने कर्मचारीको वर्ग छुट्याउने कोसिस भयो (भिडियो वार्ता) 

संघ र पालिकामा काम गर्ने कर्मचारीको वर्ग छुट्याउने कोसिस भयो (भिडियो वार्ता) 

ADVERTISEMENT

सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसँग पालिका खबर बुलेटिनका लागि करिष्मा कार्कीले स्थानीय तहका कर्मचारीले झेल्नुपरेका समस्या, जनप्रतिनिसँगको सम्वन्ध र धनगढीमाईको बजेट कार्यान्वयन लगायतका विषयमा गरेको कुराकानी:

 

धेरैजसो स्थानीय तहको सामाजिक सुरक्षा भत्ता वितरण प्रकृया बैंकिङ प्रणालीमा नजाँदा समस्या देखिएको छ । तपाईको पालिकाको अवस्था कस्तो छ ? 

सामाजिक सुरक्ष भत्ता बैंकिङ प्रणालीमा नजाँदा समस्या भएको छ । तर, हाम्रोमा बाल पोषण भत्ता बाहेक सबै भत्ता हामीले बैकिङ प्रणालीमा लगेका छौँ । बालबालिकाको खाता खोल्न नसक्दा हामीलाई समस्या भएको छ । तर, हामीले भत्ता वडावडामा पुगेर वितरण गरेका छौा । तर, लाभान्वित व्यक्तिले पाए÷पाएनन् भन्ने समस्या छ ।

 

धेरैवटा पालिकामा अधिकृतका रुपमा काम गरेको अनुभवमा बताइदिनुस न किन लाभग्राहीको खाता खोल्न समस्या पर्छ पालिकाहरुलाई ?

अरु भत्तामा समस्या छैन । पछिल्लो सयम वितरण गर्न थालिएको बालपोषण भत्तामा समस्या हो । बैँकले बालबालिकाको खाता खोल्न सकिरहेका छैनन् । कोरोना महामारीले पनि समस्या उत्पन्न ग¥यो । आगामी वर्षमा हामी सबै बैंक खाताबाटै भत्ता वितरण गर्छौँ ।

 

लामो समयदेखि पालिकामा हुनुहन्छ, पालिकाका कर्मचारीहरुका समस्या धेरै छन् भन्ने गुनासो सुनिन्छ, कस्ता समस्या छन्, स्थानीय तहका कर्मचारीका ? 

विशेषगरेर पालिकामा, कर्मचारीको वृत्ति विकासको समस्या छ । पालिकामा लामो समयदेखि साविकको जिल्ला विकास समिति र गाविसमा बसेका कर्मचारीहरूको समायोजन हुँदा स्थानीय तहमा समायोजन भएका छन् । तर, पालिकामा काम गर्ने कर्मचारीको वृत्ति विकास सम्बन्धी ऐन खारेज भयो । अर्को ऐन बनेको छैन । त्यसैले उहाँहरूको पदोन्नती हुने अपेक्षा हुँदाहुँदै अवकाश हुने अवस्था छ । त्यसप्रति कर्मचारीको असन्तुष्टी छ । संघीय निजामतिबाट आएका कर्मचारीहरू समायोजन भएर पालिकामा छन् । खासमा अलिकति कर्मचारीमा वर्ग छुट्यिएको जस्तो देखिन्छ ।

 

कर्मचारी सरुवा वढुवामा केन्द्रको नभइ स्थानीय पालिकाबाटै कार्यान्वयन मूल्यांकन गर्नुपर्ने आवाज उठिरहेको छ, यसमा तपाईको मत के हो ?

 हो, स्थानीय तहले बनाउने ऐन, नियमहरू संघीय सरकारसँग नबाँझिने गरी बनाउने नियम छ । प्रदेश सरकारले ऐनहरू बनाएका छन् । जसका कारण पालिकाका कर्मचारी लागि ऐन बनाएको पाइँदैन ।

 

जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्य चै कस्तो पाउनुभएको छ अहिलेसम्म ?

समन्वय र सहकार्यको कुरा गर्दा खेरि कर्मचारी नतिजा उन्मुख हुनछन् । प्रक्रियासहितको नतिजा निकाल्न भने समस्या हुने गर्दछ । किनभने जनप्रतिनिधि तत्काल नतिजा खोज्छन् । प्रक्रिया अनुसार बुझ्दैनन् ।  दुवैले बुझ्न र बुझाउन सकेको अवस्थामा कर्मचारी र जनप्रतिनिधिबीच समस्या हुँदैन । तर, अन्य स्थानीय तहमा त्यो समन्वयको अभाव हुँदा समस्या हुने गर्दछ ।
 
तपाईको पालिकाको बजेटको कुरा गरौं । यसपटक बजेटका प्राथमिकता के छन्, यसको कार्यान्वयनको रणनीति कसरी बनाइरहनु भएको छ ? 

बजेटको प्राथमिकतामा कृषि विकास हो । पूर्वाधारको विकासमा हामीले ध्यान दिएका छौँ । सडक कालोपत्रे गर्ने, शिक्षा, स्वास्थ्यमा जोड दिने कार्यक्रम हाम्रो योजना छ । १४ वटै वडामा भवन निर्माण, स्वास्थ्य चौकी बनाएर स्वास्थ्यको प्रत्याभूति दिलाउँदैछौँ । आन्तरिक श्रोत न्यून भएकाले राजश्व बाँडफाँटमा भर पर्नुपर्ने अवस्था छ । प्रदेश र संघबाट आउने अनुदानलाई विभिन्न क्षेत्रमा विनियोजन गरेर हामीले अघि बढेका छौँ ।