close

एसईईको नतिजा नआउँदै ११ कक्षामा भर्ना नलिन काठमाडौं महानगरको चेतावनी

एसईईको नतिजा नआउँदै ११ कक्षामा भर्ना नलिन काठमाडौं महानगरको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं– एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।

 

शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कारबाही हुने चेतावनी दिए । महानगरले कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्न भनेको छ ।

 

साथै, विद्यार्थीसँग रजिस्ट्रेसन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिन, विद्यार्थीलाई किताब, ड्रेस र अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्नसमेत निर्देशन दिएको छ ।

 

माध्यमिक विद्यालय र कलेजहरूले तोकिएअनुसारको छात्रवृत्ति अनिवार्य रूपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण शैक्षिक सत्र सुरु भएको २ महिनाभित्र शिक्षा विभागमा पेस गरिसक्न पनि महानगरले आग्रह गरेको छ ।