close

सडकमै धान रोपेर देवानगञ्जका स्थानीयले गरे सरकारको विरोध

सडकमै धान रोपेर देवानगञ्जका स्थानीयले गरे सरकारको विरोध

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ र ७ हकपडाका स्थानीयले सडकमै धान रोपेर स्थानीय सरकारको विरोध गरेका छन् । सो वडाको झोलुंगे पुल-बेलहा जोड्ने सडक खण्ड खेतजस्तै हिलाम्मे भएकाले स्थानीयले धान रोपेरै विरोध गरेका हुन् ।

 

प्रत्येक वर्ष वर्षायाममा सो सडक खण्ड हिलाम्मे हुने गरेको स्थानीय बताउँछन् । स्थानीय जनप्रतिनिधिसहितका सरोकारवालाको बेवास्ताले स्थानीय सास्ती भोग्न बाध्य छन् । चुनावका बेला भाषण गर्ने नेताहरू अहिले बेखबर भएको स्थानीयको गुनासो छ । जनप्रतिनिधिले नागरिकको समस्यामा ध्यान नदिएपछि सडकमै धान रोपेर विरोध गर्नुपरेको स्थानीय भागवत मुखियाले बताए । 


आपतकाल वा कसैलाई सुत्केरी व्यथा लागे एम्बुलेन्स आउनसम्मको बाटो नबन्दा अकालमै ज्यान गुमाउन बाध्य हुने अवस्था रहेको मुखियाको गुनासो छ । उक्त सडक खण्ड वडा नम्बर ६ र ७ बीच कुन वडाको हो भन्ने विषय पनि विवादित छ । वडा नम्बर ७ का वडाध्यक्ष बद्रीप्रसाद यादवले सो सडक खण्ड वडा नम्बर ६ मा रहेको बताए । 


यस विषयमा वडा नम्बर ६ का वडाध्यक्ष देवनारायण मेहतासँग सम्पर्क गर्न खोज्दा मोबाइल उठेन । मुलुकमा क्रियाशील तीन वटै तहका सरकारकाले सबैभन्दा बढी लगानी सडकमै खन्याएका छन् । यो गाउँपालिकामा पनि थुप्रै सडक बनेका छन् । तर, गाउँको मुख्य सडक नै बन्द छ ।

 

तत्काल झोलुंगे पुल-बेलहा जोड्ने सडक खण्ड सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि र सरोकारवालाले पहल गर्नुपर्ने स्थानीय रामचरित्र मुखियाले बताए ।