close

प्रविधिमैत्री बन्दै चौताराका सामुदायिक विद्यालय

सिद्धिगणेश माविमा एक शिक्षक एक ल्यापटप

प्रविधिमैत्री बन्दै चौताराका सामुदायिक विद्यालय

सिद्धिगणेश माविमा एक शिक्षक एक ल्यापटप

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक(चौतारा)- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुबारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

 

नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकारले विद्यालयलाई १६ लाख ९१ हजार ४५ रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट विद्यालयमा अध्यापन गराउने २८ शिक्षकलाई एक-एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक राजकुमार यादवले जानकारी दिए ।


बागमती प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री युवराज दुुलालले शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गरे । दुलालले सामग्री पाउनु मात्रै उपलब्धि नरहेकाले यसको सही सदुपयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सहयोग पुर्‍याउनुपर्ने बताए ।


‘ल्यापटप वितरणपछि शिक्षकको दक्षता, क्षमता र योग्यताले भ्याएसम्म अधिकतम प्रयोग गरेर सम्पूर्ण विद्यालयको शैक्षिक अवस्था उकास्न सफल हुने विश्वास छ’, दुलालले भने ।


आफ्नै नेतृत्वमा रहेको सामाजिक विकास मन्त्रालयले अघि सारेको नमुना विद्यालय विकास कार्यक्रम सफल भएकामा खुसी लागेको बताउँदै निवर्तमान मन्त्री दुलालले यो नमुना विद्यालयले अघि सारेका कार्यक्रम अन्य विद्यालयले समेत अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

विद्यालय भौतिक, आर्थिक रूपमा सम्पन्न भइसकेकाले अब शैक्षिक अवस्था सुधारमा ध्यान केन्द्रित गरिने वडाध्यक्ष उमाप्रसाद दुलालले जानकारी दिए । विद्यालयमा अध्ययनरत विद्यार्थी सिंगो नगरपालिकाभरमै उत्कृष्ट रहेको बताउँदै अध्यक्ष दुलालले अब छिट्टै जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।


प्रदेश सरकारले छनोट गरेका २० वटा नमुना विद्यालय पर्न सफल माविमा प्रदेश सरकारले आर्थिक सहयोगमा ल्यापटप वितरण गरिएको विद्यालयका विव्यस अध्यक्ष मुक्ति दुलालले जानकारी दिए ।