close

लागूऔषधसहित पकाहामैनपुरका वडाअध्यक्ष पक्राउ 

लागूऔषधसहित पकाहामैनपुरका वडाअध्यक्ष पक्राउ 

Trulli
ADVERTISEMENT

पर्सा- पकाहामैनपुर गाउँपालिका- १ धोरेका वडाध्यक्ष  अमेरिका सहनीसहित तीन जना लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् ।

 

उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीपनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

 

उनीहरुलाई वीरगञ्ज महानगरपालिका-१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा ३ साउनमा नियन्त्रणमा लिएको होे ।

 

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडा अध्यक्षले चलाएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना६२प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए ।

 

प्रहरीले खैरो हिरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएक तीनै जनाविरुद्ध लागू औषध मु्द्दामा आवश्यक कारवाही सुरु गरिने जनाएको छ । प्रहरीका अनुसार वडा सदस्य बलिष्टर एक वर्षअघि मात्रै लागू औषध (गाँजा) मुद्दामा धरौटीमा छुटेका थिए भने वडा अध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड छ ।