close

सडकमै रोपियो धान, वडाध्यक्षको गयो मान (भिडियो खबर)

सडकमै रोपियो धान, वडाध्यक्षको गयो मान (भिडियो खबर)

ADVERTISEMENT

१) पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अमेरिका सहनीसँगै वडा सदस्यद्वय बलिष्टर सहनी र रामआदेश सहनी खैरो हेरोइनसहित पक्राउ, सहनीले चढ्दै आएको पालिकाको ना१ब ३५९५ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रहरीद्वारा ७९ ग्राम खैरो हेरोइन बरामद ।

 

२) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।

 

३) सिरहाको नरहा गाउँपालिकाको शरण माविको चारकोठे भवन निर्माण हुने, पालिका अध्यक्ष रामशरण यादवले गरे भवनको शिलान्यास ।

 

४) कञ्चनपुरको बेदकोट नगरपालिकाले अस्थायी कोरोना अस्पतालका लागि एक जना मेडिकल अफिसर करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।


 
५) गुल्मीको धुर्कोट गाउँपालिकाले अर्घाखाँचीको छत्रदेव गाउँपालिकालाई ५ सय वटा सुन्तलाका बिरुवा प्रदान गर्‍यो, केही वर्षपछि छत्रदेवमा पनि सुन्तला खान पाइने ।


६) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर १० मा सुविधासम्पन्न बस टर्मिनल निर्माण सुरु गर्‍यो, टर्मिनल निर्माणपछि पालिकाको आन्तरिक स्रोत वृद्धि हुने ।


७) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण नगरे चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नदिने, साउन मसान्तसम्म परिचयपत्र नवीकरण गर्न पालिकाले जारी गर्‍यो परिपत्र ।

 

८) जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ को लागत साझेदारीमा वडामा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालन, अब वडाबासीको घर-घरमा इन्टरनेट जडान गरिने ।

 

९) चितवनको माडी नगरपालिकाले नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा वडा नम्बर ३ का बाढीपिडितलाई राहत सामग्री प्रदान गर्‍यो, ४६ घरपरिवारले पाए राहत ।

 

१०) भक्तपुर नगरपालिकाको आयोजनामा एक महिने सांकेतिक भाषा तालिम सुरु, कार्यक्रममा २० जना कर्मचारीको सहभागिता ।

 

११) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले टोलटोलमा मेयर कार्यक्रमअन्तर्गत वडा नम्बर ४  का स्थानीयसँग विकास निर्माणबारे छलफल गर्‍यो, वडामा नयाँ योजना थप गर्न स्थानीयको माग

१२) तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना राहत कोषमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गर्‍यो, सो रकमले पालिकालाई कोरोना नियन्त्रणमा सघाउ पुग्ने ।

 

१३) सडक मर्मतमा पालिकाले चासो नदिएको भन्दै सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ र ७ का स्थानीयले सडकमै धान रोपेर स्थानीय सरकारको विरोध गरे, जनप्रतिनिधिले नागरिकको समस्यामा ध्यान नदिएपछि स्थानीय आक्रोशित ।

 

१४) तेह्रथुमको म्याङलुङ नगरपालिकाले नदी तथा खोलाखोल्सीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगायो, सूचना अटेर गर्नेहरूलाई पालिकाले कारबाही गर्ने ।

 

१५) कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ का सुरेन्द्र लोहारले दाइको जमिन हडप्न भीमदत्त नगरपालिका- १० को वडा कार्यालयमा जीवित आमा-बुबाको मुत्युदर्ता गराएको खुलासा, लोहारलाई कारबाहीका लागि वडा कार्यालयले प्रक्रिया अघि बढायो ।

 

१६) बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ताबापतको ३९ लाख रुपैयाँ चोरीको आरोपमा वडा सचिव उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंह पक्राउ, उनीहरूविरुद्ध अपराधिक लाभ र विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप ।

 

१७) भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्न सुरु गर्‍यो, प्लान्ट सञ्चालनका लागि पालिकाले चीनबाट आवश्यक सामग्री ल्यायो ।

 

१८) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई राहत सहयोग गर्नेहरू बढ्दै, पालिकाको राहत तथा पुनःस्थापना कोषमा पनि रकम जुट्दै ।

 

१९) एसईईको नतिजा प्रकाशन नभई विद्यालयले विभिन्न वहानामा शुल्क लिन थालेपछि काठमाडौं महानगरपालिकाले कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थालाई दियो निर्देशन, कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्नुपर्ने ।

 

२०) सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ का वडा सचिव हरिनारायण मेहताको निधनको शोकमा गाउँपालिकाले दियो शोक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।