close

भक्तपुर नगरका कर्मचारीलाई सांकेतिक भाषा तालिम

भक्तपुर नगरका कर्मचारीलाई सांकेतिक भाषा तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले बोल्न नसक्ने नागरिकको सेवामा सहजता ल्याउनको लागि कर्मचारीलाई एक महिने सांकेतिक भाषा तालिम सञ्चालन गरेको छ । पालिकाले फरक क्षमता भएका स्थानीयलाई सेवा दिन समस्या भएको भन्दै उनीहरुको सहजताको लागि तालिम सञ्चालन गरेको हो । 

 

पालिकाले कार्यपालिकाका २० जना कर्मचारीलाई उक्त तालिम दिएको हो । पालिकाले अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण सम्बन्धि अस्थायी समन्वय समिति गठन गरेको छ । सो समितिका संयोजक रजनी जोशीले नगरपालिकाका शाखाहरुमा कार्यरत कर्मचारीहरुको लागि सांकेतिक भाषा तालिममा समावेश गरिएको बताइन् । 

 

तालिममा सहभागीलाई सांकेतिक भाषाबाट कुराकानी गर्न सिकाइने छ । यसले फरक क्षमता भएका सेवाग्राहीलाई पालिकाले सेवा दिनका साथै परिचय वितरणका लागि सहज हुने विश्वास पालिकाको छ । 

 

उपप्रमुख जोशीका अनुसार कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण सम्बन्धि अस्थायी समन्वय समिति मार्फत् हालसम्म ५२९ जनाले अपांगता परिचयपत्र प्राप्त गरिसकेका छन् ।