close

महालक्ष्मीका किसानले पाए बंगुरका पाठी

महालक्ष्मीका किसानले पाए बंगुरका पाठी

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाले बंगुर पकेट क्षेत्रका किसानलाई उन्नत जातका बंगुरका पाठी वितरण गरेको छ । 


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमअन्तर्गत बंगुर पकेट क्षेत्र वडा नम्बर ३ र वडा नम्बर ४ का ६० जना किसानलाई बंगुरका पाठी प्रदान गरिएको हो ।

 

महालक्ष्मीका मेयर पर्शुराम नेपाल, वडा नम्बर ३ का वडाध्यक्ष भरत थापा, वडा नम्बर ४ का वडाध्यक्ष यज्ञबहादुर चापागाईंलगायतले किसानलाई बंगुरका पाठी प्रदान गरेका हुन् ।


वडा नम्बर ३ को डाँडागाउँ बंगुरपालक कृषक समूह, वडा नम्बर ४ को रामनगर बंगुरपालक कृषक समूह र भिलीमिले पाङ्चा बंगुरपालक कृषक समूहसँग आबद्ध २०/२० जना किसानलाई बंगुरका पाठी दिइएको हो ।

 

बंगुरको संख्या वृद्धि गर्न ३ वटै कृषक समूहलाई १/१ वटा बंगुरका पाठा पनि वितरण गरिएको महालक्ष्मी नगरपालिकाका पशु सेवा प्राविधिक किरण कार्कीले जानकारी दिए ।


महालक्ष्मी नगरपालिकाले वडालाई फरक-फरक पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक हिसाबले अघि बढ्न सहयोग र हौसला प्रदान गर्दै आएको छ ।