close

भोक्राहा नरसिंहमा बालविकास शिक्षक र कर्मचारीको धर्ना

भोक्राहा नरसिंहमा बालविकास शिक्षक र कर्मचारीको धर्ना

Trulli
ADVERTISEMENT

सुनसरी(भोक्राहा)- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले पालिकामा धर्ना दिएका छन् । कर्मचारीले पालिकाको गेट अगाडि सरकारले बढाएको तलब पाउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

 

केन्द्र सरकारले ८ हजार र स्थानीय सरकारबाट ७ हजार गरी १५ हजार रुपैयाँ तलब दिने निर्णय कार्यान्वयन नगरेपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीले धर्ना दिएको शिक्षक तथा संघर्ष समिति सयंोजक गोमा दाहालले बताइन् ।


संघीय सरकारले तोकेको न्युनतम परिश्रमिक कायम गर, बालविकास शिक्षक र विद्यालय कर्मचारीको मासिक १५ हजार रुपैयाँ कायम गर, श्रम शोषण गर्न पाइँदैन, कार्यपालिका सदस्य कहाँ छन्, बालशिक्षक, कर्मचारी यहाँ छन्लगायत प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका थिए । 


पालिकाका कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहतासँग यस विषयमा बुझ्दा तत्काल केही गर्न नसकिने बताइन् । यसबारे बैठक बसेर छलफल गरिने उनको भनाइ छ ।


५९ जना बालविकास तथा विद्यालय शिक्षक, कर्मचारीले धर्ना दिएका हुन् । माग पूरा नहुन्जेल शिक्षक, कर्मचारीले धर्ना तथा प्रदर्शनका कार्यक्रम जारी राख्ने शिक्षिका सीता मेहताले बताइन् ।