close

नगरप्रमुख जिसीको उपचार गर्न महानगरले दियाे १० लाख

नगरप्रमुख जिसीको उपचार गर्न महानगरले दियाे १० लाख

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले मस्तिष्कघातबाट काठमाडौंमा उपचाररत मेयर मानबहादुर जिसीको उपचारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।


मंगलबार बसेको कार्यपालिका बैठकले उनको शीघ्र स्वास्थ्यलाभको कामनासहित १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । 


प्रकोप व्यवस्थापन कोष शीर्षकबाट मेयरको उपचार हुन लागेको हो । कार्यपालिकाका केही सदस्यले भने यो रकम प्रकोपबाट नदिन आग्रह गरेका छन् । कांग्रेस समर्थक वडाध्यक्षहरूले प्रकोपको रकम दिँदा गलत सन्देश जाने बताए । 


‘मेयरसाबको उपचार गर्नैपर्छ । त्यसको खर्च महानगरले बेहोर्नुपर्छ’, कांग्रेस सचेतक रामराज लामिछानेले भने, ‘बरु शीर्षक मिलाउनुपर्ने हो । हामीले सुझाव दिएका छौँ ।’ प्रवक्ता नेपालीले भने अरू शीर्षक नहुने भएकाले प्रकोपबाट निकासा दिन लागेको बताए । 


‘अरू शीर्षक नहुँदो रहेछ । यही शीर्षक उपयुक्त देखेर निर्णय गर्‍यौँ,’ उनले भने । मेयर जिसीको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको छ । उपमेयर मन्जुदेवी गुरुङको अध्यक्षतामा बैठक बसेको हो ।